मानव बेचबिखन रोक्न सचेतना

मानव बेचबिखन रोक्न सचेतना

पोखरा ।
शुभ अवसर ग्राम नेपालले मानव बेचबिखन र साइवर अपराध नियन्त्रका उपायबारे अभिमुखीकरण आयोजना गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा वगर र नेपाल रेडक्रस सोसाइटी उपशाखा १ वगरको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहाले सहजीकरण गरेका थिए ।

वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनाले समाजमा हुने विकृति, विसंगती न्यूनीकरण गर्न यस्ता कार्यक्रम फलदायी हुने बताए ।

शुभ अवसर ग्राम नेपालकी परियोजना संयोजक हेमलता बोडुको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महनगर पालिका वडा नं. १ की वडा सदस्य शोभा गुरुङ, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङ, अध्यक्ष रामप्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा १ वगरकी सभापति जीवन अधिकारी, वेदप्रसाद वस्ती लगायतले बोलेका थिए ।

Source: https://www.samadhannews.com/2023/04/12/66790/