वेपत्ता भएको डेढ दशकपछि शान्तिको परिवारसँग पुर्नमिलन

वेपत्ता भएको डेढ दशकपछि शान्तिको परिवारसँग पुर्नमिलन

पर्वत ।

वेपत्ता भएको डेढ दशकपछि पर्वतकी एक युवतीको परिवारसँग पुर्नमिलन भएको छ ।झण्डै ११ वर्षको उमेरमा पढाउने र परिवारलाई सहयोग गर्ने भन्दै काठमाण्डौ पुगेकी पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुरकी २७ वर्षिया युवती शान्ति पौडेललाई सोमवार परिवारसँग पुर्नमिलन गराईएको हो । उनलाई वि.सं. २०६६ सालमा काठमाण्डौँ लगिएको थियो । जुन घरमा लगिएको थियो सोही घरबाट उनि एक महिनामै हराएकी थिईन ।

करिब १५ वर्ष पछि उक्त बालिकाको घर र परिवार शुभ अवसर ग्राम नेपाल नेपाल नामक संस्थाले पत्ता लगाएपछि उनलाई परिवारसँग पुर्नमिलन गराईएको हो । आफ्नो घर तथा परिवार नै बिर्सिसकेकी बालिकाले संस्थामा लिइएको मनोविमर्शका सत्रहरुको सहयोगले १५ बर्ष पछि केहि कुुराहरु याद गराउन संस्था सफल भएको थियो र त्यहि सुुचनाको माध्यमबाट विभिन्न व्यक्ति, स्थानीय सरकारहरुको सहयोगमा उक्त बालिकाको घर र परिवारको खोजी गरि पत्ता लगाइएको हो ।

वालिका आफ्नो घरबाट हराए पछि उक्त परिवारले खोजीकार्य नगरेको भने होइन । बालिका हराएको सूचना विभिन्न सञ्चार माध्यम, प्रहरी लगायतवाट खोजी कार्य तत्काल गरिएको भए पनि पत्ता नलागेको बताईएको छ ।

उक्त घरबाट हराएकी बालिका एक जना पुुरुषको शरणमा पुगिन र उक्त पुरुषले उनलाई आफ्नो घरमा करिव १३ वर्षसम्म आश्रय दिए र बालिकालाई खान बस्न का साथै सामान्य पढाई लेखाई पनि गरिदिएका रहेछन ।

आफ्नो घर परिवार अझ आफ्नो थर समेत परिवर्तन गर्न वाध्य भई गुुमनाम जिवन बिताइरहेकी बालिका अहिले लगभग २७ वर्षकी युवति भइसकेकी छन् । ती युुवतीलाई करिब २ वर्ष अगाडी ललितपुुर जिल्ला प्रहरी कार्यालय, जावालाखेलद्वारा शुभ अवसर ग्राम नेपालमा संरक्षणका लागि पत्र सहित पठाइएको थियो ।

बालिका शुभ अवसर ग्राम नेपालको सुुरक्षित आवास गृहमा करिब दुई बर्षदेखि सुुरक्षित आवासका साथै मनोविमर्श सेवा, क्षमता अभिबृद्धि तालिमहरु, तथा सिपमूूलक तालिम लगायतका विभिन्न सेवा सुुविधाहरु लिइरहेकी शुभअवसर ग्राम नेपालको कार्यक्रम व्यवस्थापक विकास ढुंगानाले जानकारी दिनुभयो । पुर्नमिलन सँगै संस्थाले रु.तीस हजार नगद समेत हस्तान्तरण गरिएको छ ।

शुभ अवसर ग्राम नेपालको पहलमा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, संविधान सभाका सदस्य कल्पना चापागाई र वडा अध्यक्ष बेलबहादुर कार्की क्षेत्रीको रोहवरमा परिवारलाई हस्तान्तरण गरिएको हो । अहिले उनको परिबारमा बृद्ध आमा रहनुभएको छ । आमा समेत अपाङ्गता हुनुहुन्छ भने बाबु वितिसकेको बताउनुभयो । गरिब, तथा विपन्न परिवार भएकाले खानबस्न, तथा पठनपाठनमा समस्या भएपछि सानै उमेरमा काठमाण्डौ पठाईएको थियो ।

मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले राजधानीमै वेपत्ता बनेकी युवतीलाई पुर्नमिलन गर्न पाउँदा निकै खुसी मिलेको बताउनुभयो । उहाँल युवतीको नागरिकता, राष्ट्रिय परिचय पत्र लगायत कागजात बनाउन र उनलाई रोजगारी दिलाउनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।